काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनालाई रियल भालाडोलीडले ३-१ गोल अन्तरले हराएको हो ।
भालाडोलीडको जितमा केली लारिन र गोन्जालो प्लाटाले एक एक गोल गरे । बार्सिलोनाका आन्द्रेस क्रिस्टेनसनले एक आत्मघाती गोल गरे ।
यस्तै बार्सिलोनाका रोबर्टो लेवान्डोस्कीले एक गोल फर्काए । ला लिगाको उपाधि जितिसकेको बार्सिलोनाको यो लगातार दोस्रो हार हो ।
बार्सिलोनाले ३६ खेलमा ८५ अंक जोडेको छ । भालाडोलीड ३८ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।