काठमाडौं। नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतोले राष्ट्र र जनताको हित हुने गरि काम गर्ने बताएका छन्। आज (बुधबार) शीतल निवासमा पद तथा गोपनियताको सपथ लिएपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै मन्त्री महतोले भ्रष्टाचारमा शून्य सहनशीलताका साथ देश र जनताको हितमा काम गर्ने प्रतिवद्धता जनाएका हुन्।
उनले अहिलेको आर्थिक संकटमा नेपालको जडिबुटी लगायतलाई प्रोत्साहन गरेर निर्यात गर्ने गर्दै विदेशी मुद्रा आर्जन गर्नुपर्ने बताए। त्यस्तै वर्षौँदेखि कुहिएर रहेको काठलाई प्रयोग गर्न सहजीकरण गरेर स्वदेशमा खपत गरि विदेशमा समेत निर्यात गर्ने योजना बनाउने उनले बताए।

