सांसद चन्द्र भण्डारीले तीन महिनापछि संसद्मा उपस्थित, कुर्सीमा बसेर सम्बोधन

काठमाडौं । ग्यास सिलिण्डर विस्फोटमा परी घाइते भएका नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले तीन महिनापछि संसद्मा उपस्थित हुनुभएको छ । बुधबार(आज) बसेको प्रतिनिधि सभा बैठकमा सरकारका वार्षिक नीति तथा कार्यक्रम माथिको छलफलमा भण्डारीले सम्बोधन गर्नुभएको छ ।

फागुन ४ गते आगलागीमा परेर घाइते भएका भण्डारी लामो समय भारतमा उपचार गरेर फर्कनुभएको थियो। भण्डारीले नेपालमा जलनसम्बन्धी एउटा अस्पताल बनाउन जरुरी रहेको बताउनुभयो । क्यान्सर र मृगौला रोगीजस्तै जलनका घटनामा सरकारले आर्थिक सहयोग दिनुपर्ने भण्डारीको भनाइ छ ।

ग्यास उद्योगलाई स्वचालित रेगुलेटर प्रचलनमा ल्याए जलनका घटना कम हुने उहाँले बताउनुभयो । सांसद भण्डारी मर्यादा पालकको सहयोगमा संसद्को रोष्टममा पुग्नुभएको थियो । उहाँले कुर्सीमा बसेर सम्बोधन गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर