रवि लामिछानेको नयाँ नागरिकताको वैधातामाथि परिक्षण हुने

काठमाडौँ। रवि लामिछानेले माघ १५ गते पुनःप्राप्त गरेको नेपाली नागरिकताको वैधातामाथि परिक्षण हुने भएको छ। अमेरिका नागरिकता लिएपछि स्वत नेपाली नागरिकता गुमाउनु भएका लामिछानेले पुनःप्राप्ति नगरी गत मंसिरमा भएको चुनावमामा भाग लिएपछि सर्वोच्चले उहाँको पद नै खारेज गरेको थियो।

२०५० सालमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट लिएको नागरिकता अमेरिकी नागरिकता पाएसँगै निष्क्रिय भए पनि उहाँले त्यहीँ निष्क्रिय नागरिकताकै आधारमा मंसिर ४ गते चितवन २ बाट चुनाव जितेका थिए। त्यसमा प्रयोग भएको नागरिकता अवैध रहेको ठहर सर्वोच्चले गत माघ १३ गते गरेपछि उहाँले १५ गते नै जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेर नेपाली नागरिकता पुनः प्राप्ति गरेका थिए।

उहाँले पुनः प्राप्त गरेको नेपाली नागरिकता पनि अवैध रहेको दाबी गर्दै युवराज पौडेल सफलले सर्वोच्चमा रिट निवेदन दिए पनि प्रशासनले ठरपिठ गरेको थियो। दरपिठविरुद्ध सफलले इजलासमा दिएको निवेदनमाथि सुनुवाइ गर्दै सोमबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले रिट दर्ता गर्न आदेश दिएको हो।

पौडेलले लामिछानेले नागरिकता पुनः प्राप्ति गर्दा अवलम्बन गर्नुपर्ने कानुनी प्रक्रिया पूरा नगरेको जिकिर आफ्नो निवेदनमा गरेका छन्।

न्यायाधीश श्रेष्ठको इजलासबाट जारी आदेशमा भनिएको छ, ‘निवेदनमा उठाइएको विषयवस्तुको प्रकृति हेर्दा इजलासबाटै व्याख्या भइ निरुपण हुनुपर्ने संवैधानिक र कानुनी प्रश्न निहित रहेको देखिँदा यस अदालतको रजिष्ट्रारबाट मिति २०८०÷१÷२८ मा भएको दरपिठ आदेश बदर गरिदिएको छ। कानुन बमोजिमको अन्य रित पुगेको भए पेश हुन आएको निवेदन दर्ता गरी नियमाअनुसार गर्नु।’

प्रतिक्रिया

सम्बन्धित खवर