शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले शरणार्थी बनाएर अमेरिका पठाइदिने भनि विभिन्न व्यक्तिलाई ठगी गरेको प्रकरणमा अनुसन्धान गरी प्रहरीले पेश गरेको प्रतिवेदनमा मुद्दा दर्ता गरेको छ।

आज बुधबार अपरान्ह सरकारी वकिल कार्यालयले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी प्रकरणमा ३० जना प्रतिवादी विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा अभियोग पत्र दायर गरेको हो।

उक्त कार्यालयका प्रवक्ता तथा जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेका अनुसार प्रहरीले दुई दिनअघि पठाएको प्रतिवेदनमा ठगी, लिखत कीर्ते, राज्य विरुद्ध र संगठित अपराध सम्बन्धी कसूर मुद्दा चलाउने निर्णय भएको र दर्ता गर्न लागेको हो।

पक्राउ पर्नेमा केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, टेकनारायण पाण्डे, टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, इन्द्रजित राई, बालकृष्ण खाण, नरेन्द्र केसी, आङटावा शेर्पा, टेकनाथ रिजाल, शमशेर मियाँ, रामशरण केसी र गोविन्द चौधरी छन्। यस प्रकरणमा प्रहरीले १२ जनाभन्दा बढीलाई फरार प्रतिवादी बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर