काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बिहीबार दुई खेल हुँदैछ ।
एन्फा कम्प्लेक्समा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र फ्रेन्ड्सबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । सोही समयमा च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ ।
२० खेलबाट ३७ अंक जोडेर तालिकाको शिर्ष स्थानमा रहेको चर्च ब्वाइज बिहीबार ११ औं जितको योजनामा रहेको छ । समान खेलबाट २४ अंकको साथ ११ औं स्थानमा रहेको मनाङ आज छैटौं जितको खोजीमा हुनेछ ।
मनाङले लिगमा ९ खेलमा बराबरी गरेको छ ।