काठमाडौं । नेपाली कांग्रेसले नेता मीन विश्वकर्मालाई प्रचार विभाग प्रमुखमा मनोनित गरेको छ । पूर्व सांसदसमेत रहनुभएका नेता विश्वकर्मालाई पार्टी सभापति शेरबहादुर देउवाले प्रचार विभाग प्रमुखमा नियुक्त गर्नु भएको हो।
दलित संघको अध्यक्षसमेत रहनु भएका नेता विश्वकर्मा नेपाली कांग्रेसको मनोनित केन्द्रीय सदस्य पनि हुनुहुन्छ । पार्टीका २८ वटा विभाग मध्ये प्रचार विभाग एउटा हो र देउवाले आफु निकट रहनु भएका विश्वकर्मालाई विभागमा गरेको यो पहिलो नियुक्ती हो।
महाधिवेशन भएको ६ महिना भित्र विभाग गठन गर्नुपर्ने पार्टीको विधानको व्यवस्था भए पनि झण्डै डेढ वर्षपछि देउवाले एउटा विभागका प्रमुख नियुक्त गर्नुभएको हो ।

