प्रधानमन्त्री प्रचण्डले लिए आसन्न भारत भ्रमणबारे शीर्ष नेताहरूसँग सुझाव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न भारत भ्रमणका विषयमा पूर्व प्रधानमन्त्रीसहित विभिन्न दलका शीर्ष नेताहरूसँग सुझाव लिइरहनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा के कस्ता एजेन्डा उठाउने भन्ने विषयमा सुझाव लिइरहनुभएको छ ।

प्रचण्डसँगको भेटमा कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने,नेपाल समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई लगायत नेताहरू सहभागी छन् ।

यस्तै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, नागरिक उन्मुक्ति पार्टीकी रन्जिता श्रेष्ठ लगायत नेताहरू सहभागी छन् । प्रचण्ड जेठ १७ गतेदेखि २० गतेसम्म भारत भ्रमणमा जाँदै हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर