काभा महिला भलिबल कपको च्याम्पियन भारत

काठमाडौं । काजकिस्तानलाई ३—० को सोझो सेटमा पराजित गर्दै भारतले काभा महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न फाइनलमा भारत एक पक्षीय जित निकाल्दै च्याम्पियन बन्यो । पहिलो सेट २५—१५ ले जितेको भारतले प्रतिस्पर्धात्मक दोस्रो सेटमा काजकिस्तानलाई २५—२२ ले पछि पार्‍यो । प्रतियोगितामा बलियो मानिएको काजकिस्तान त्यसपछि कुनैपनि समय खेलमा फर्किन सकेन । तेस्रो सेट १८—२५ ले गुमाउँदै उपाधि भारतलाई सुम्पियो ।

जारी प्रतियोगितामा भारत सेमिफाइनलमा उज्वेकिस्तान र काजकिस्तान नेपाललाई हराउँदै फाइनल पुगेका थिए । भारतले जारी प्रतियोगितामा अपराजित रहँदै उपाधि उचालेको हो । यस्तै, आयोजक नेपाल आजै सम्पन्न तेस्रो स्थानको खेलमा उज्वेकिस्तानलाई ३—१ को सेटमा हराउँदै तेस्रो हुन सफल रह्यो ।

जेठ ८ गतेदेखि सुरू भएको प्रतियोगितामा नेपालसहित ८ देशको सहभागिता थियो । हरेक ४ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ए मा नेपाल, भारत, किर्गिस्तान र बंगलादेश थिए । समूह बी मा माल्दिभ्स, श्रीलङ्का, उज्वेकिस्तान र काजकिस्तान थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय