टर्कीको राष्ट्रपतिमा पुनः रेसेप तैयप एर्दोगान निर्वाचित

काठमाडौं। टर्कीको राष्ट्रपतिमा पुनः रेसेप तैयप एर्दोगान निर्वाचित भएका छन्। आइतबार राष्ट्रपतिका लागि भएको चुनावमा विजयी हासिल गर्दै एर्दोगानले पुनः पाँच वर्षका लागि आफ्नो कार्यकाल सुनिश्चित गरेका हुन्।

दोस्रो चरणको चुनावमा एर्दोगानले आफ्ना प्रतिद्धन्द्धी केमाल किलिचदारोग्लुलाई हराउँदै जित हात पारेका हुन्। जित पछि एर्दोगानले साढे आठ करोड देशवासीले जितेको भन्दै राजधानी अंकरामा खुसी मनाएका छन्। तर, उनका प्रतिद्धन्द्धी विपक्षी गठबन्धनका नेता किलिचदारोग्लुले भने स्पष्टरूपमा जित स्वीकारेका छैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय