आईपीएल क्रिकेटको उपाधि चेन्नईलाई

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि चेन्नई सुपर किङ्सले जितेको छ । चेन्नईले सोमबार राति खेलिएको फाइनलमा बलियो प्रतिद्वन्द्वी गुजरात टाइटन्सलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा पाँच विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

आईपीएलको फाइनल आइतबार नै हुनुपर्ने थियो । तर, वर्षाका कारण खेल प्रभावित भएपछि सोमबार फाइनल खेलाइएको हो । सोमबारको खेल पनि वर्षाबाट प्रभावित भएपछि हारजितको निर्णय ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा गरिएको थियो ।

कप्तान महेन्द्रसिंह धोनीको नेतृत्वमा रहेको चेन्नईले पाँचौं पटक आईपीएलको उपाधि चुमेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय