काठमाडौं। सत्तारूढ नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक आज(मंगलबार) बस्दैछ।प्रधानमन्त्रीको भारत भ्रमण र बजेटको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो।
बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बस्ने माओवादी नेता देवेन्द्र पौडेलले जानकारी दिए। तेस्रोपटक प्रधानमन्त्री भएपछि प्रचण्डले जेठ १७ देखि २० सम्म भारतको भ्रमण गर्न लागेका हुन्।

