काठमाडौं। सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको छ। मंगलबार बिहान बसेको संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठकले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी वा सूचना दिन आह्वान गरेको छ।
समिति सभापति ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उजुरी आह्वानको सूचना प्रकाशित गर्न संसद् सचिवालयलाई निर्देशन दिएका छन्। समिति सदस्य रमेश लेखककाअनुसार १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय भएको छ।
कार्कीविरुद्ध उजुरी आह्वान गर्ने सूचना गोरखापत्रमा पनि प्रकाशन हुनेछ। कार्कीविरुद्ध पत्र र इमेलबाट उजुरी दिन सकिनेछ। गत वैशाख २५ गते बसेको संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशमा कार्कीलाई सिफारिस गर्ने निर्णय गरेको थियो। कार्की लामो समयदेखि कामु प्रधानन्यायाधीश छन्।

