आज सुनको मूल्य कति पुग्यो ?

काठमाडौं। नेपाली बजारमा आज सनुको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार ४०० रुपैयाँले बढेको छ।

आज छापावाल सुन तोलामा एक लाख १० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन उक्त सुन तोलामा एक लाख आठ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आज तेजाबी सुन तोलामा एक लाख नौ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले बढेको छ। आज चाँदी तोलामा एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय