गर्मीका कारण रौतहटका सबै विद्यालय एक हप्ताका लागि बन्द

रौतहट। गर्मीका कारण रौतहटका सबै सामुदायिक विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ। जिल्ला शिक्षा समन्वय इकाई रौतहटले बिहीबार सूचना जारी गर्दै जिल्लाको १८ वटै स्थानीय तहका सबै विद्यालय एक हप्ताका लागि बन्द गर्न सिफारिस गरेको हो।

अत्यधिक गर्मीका कारण पठनपाठनमा प्रतिकुल असर परिरहेको र कतिपय बालबालिका मुर्छित समेत भइरहेकाले वर्षे बिदाबाट कट्टा हुनेगरी एकहप्ता गर्मी बिदाका लागि अनुरोध गरेको इकाई प्रमुख रामाविनय कुमार सिंहद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर