देशभर थप २ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं । देशभर थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ सय ६७ जनाको नमूना परीक्षण गर्दा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

शुक्रबार ४ जना संक्रमित निको भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १९ रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर