नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा

काठमाडौं । सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा पुगेका छन् ।

राउण्ड अफ सिक्सटिनको खेलमा पेरेका हुँवा पाब्लो भेरिलासलाई ६/३, ६/२ र ६/२ को सोझो सेटमा हराउँदै जोकोभिच १७ औं पटक फ्रेन्च ओपनको क्वाटरफाइनलमा पुगेका हुन् ।

दुई पटकका फ्रेन्च ओपन च्याम्पियन जोकोभिचले अब क्वाटरफाइनलमा रुसका करिन काचानोभको सामना गर्नेछन् । यसपटक फ्रेन्च ओपन जित्दै जोकोभिच सर्वाधिक २३ ग्राण्डस्लामको किर्तीमान बनाउने योजनामा रहेका छन् ।

जोकोभिच र रफायल नदालले समान २२ पटक ग्राण्डस्लाम उपाधि जितेका छन् ।

यसपटक नदालको अनुपस्थितीमा जोकोभिचलाई उक्त किर्तीमान आफ्नो नाममा बनाउने अवसर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय