सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।​

प्रदेशसभा बैठकमा प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०।८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको छ।​ यसअनुसार प्रदेश सरकारले व्यावसायिक कृषि गर्ने कृषकलाई शून्य ब्याजदरमा ऋण उपलब्ध गराउनेछ।

यसैगरी प्रदेश सरकारले आमनागरिकका गुनासो सुन्न हेलो सीएम कार्यक्रमलाई निरन्तरता दिने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर