युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड

काठमाडौं। युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड भएको छ । यसमा ३७ हजार ९४२ जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। यी मध्ये ५ जनाले ११ कित्ता प्राप्त गरेका छन्।

एफपीओमा कुल १३ लाख ५७ हजार १८० जना आवेदकले आवेदन दिएकोमा १ हजार ४९३ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ। लघुवित्तले जेठ ११ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ बिक्री खुला गरेको थियो। रेटिङ एजेन्सी केयर नेपालले यस कम्पनीको एफपीओलाई केयर एनपी बी प्लस रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता उच्च जोखिम रहेको संकेत गर्छ।

केयर नेपालले २०७९ फागुन २६ गते यो रेटिङ दिएको हो। यो रेटिङ २०८० माघ २१ गतेसम्म कायम रहनेछ। बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट एफपीओको नतिजा हेर्न सकिने छ। साथै, युनिक नेपाल लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले एफपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि हेर्न सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर