काठमाडौं । यस वर्षको युरोपा कन्फरेन्स लिग फुटबलको उपाधि इंग्लीश फुटबल क्लब वेष्ट ह्याम युनाइटेडले जितेको छ ।
चेक रिपब्लीकको राजधानी प्रागमा रहेको फोर्चुना एरिनामा बुधबार राति भएको फाइनल खेलमा इटालीको फियोरेन्टिनालाई २–१ ले हराउँदै वेष्ट ह्यामले उपाधि जितेको हो ।
खेलमा वेष्ट ह्यामका साइद बेन्रहामाले गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि फियोरेन्टिनाका जियाकोमो बोनाभेन्टुराले एक गोल फर्काउदै खेल बराबरीमा पु¥याएका थिए । अन्तिम मिनेटमा ज्यारेड बोवेनले निर्णायक गोल गर्दै वेष्ट ह्यामलाई उपाधि जिताए ।
वेष्ट ह्याम युनाइटेडले ४३ वर्षको पर्खाइपछि कुनैपनि मुख्य फुटबल प्रतियोगिताको उपाधि जितेको हो । सन् १९८० मा अन्तिम पटक एफ.ए कप जितेको वेष्ट ह्याम युनाइटेडले त्यसयता उपाधि जित्न सकेको थिएन ।
यसपटक कप्तान डेक्लान राइसले संभवतः क्लबका लागि आफ्नो अन्तिम खेलमा उपाधि जिताए । युरोपा कन्फरेन्स लिग फुटबल युरोपियन क्लब फुटबलको तेस्रो श्रेणीको प्रतियोगिता हो ।
च्याम्पियन्स लिग र युरोपा लिगमा छनौट हुन नसकेका टोलीहरु कन्फरेन्स लिगमा सहभागि हुने व्यवस्था छ ।