काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले विद्युतीय सवारी साधनहरूको भन्सार पूर्ण रुपमा निःशुल्क गर्नुपर्ने बताएका छन्।
आज बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष लिङदेनले विद्युतीय सवारी साधनको भन्सार पूर्ण रुपमा निःशुल्क गर्नुपर्ने बताएका हुन्।
उनले आर्थिक वर्ष २०८०/८१ को बजेटमा राजश्व असुलीको लक्ष्य प्राप्ति हुन नसक्ने देखिएको बताए। उनले बजेट अनुमान, अनुदान र ऋणमा आधारित भएको टिप्पणी गरे। उनले करको दर र दायरा जथाभावी रुपमा बढाउने काम गरिएको पनि बताए।
उनले मल कारखाना खोल्ने र हाइड्रोजन उत्पादन गर्ने कुरालाई प्राथमिकता नदिएर विगत देखिका प्रधानमन्त्रीहरूले खाली भारतलाई नदीनाला बेच्न मात्रै ध्यान दिएको आरोप लगाए।

