काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। बैठक जेठ २७ गते शनिबारका लागि बोलाइएको केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
शनिबार दिनको एक बजे पार्टी कार्यालयमा बैठक बस्नेछ। केन्द्रीय कार्यकारिणी समितिको बैठकमा विधान अधिवेशनको तयारी, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने उल्लेख गरिएको छ।

