२९ जिल्ला न्यायाधीशका लागि जागिर खुल्यो

काठमाडौं। २९ जिल्ला न्यायाधीशका लागि जागिर खुलेको छ। न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि जागिर खुलाएको हो।

आज शुक्रबार एक विज्ञापन प्रकाशित गर्दै आयोगले आन्तरिक खुलाबाट १५, खुलामा ७, महिला २, आदिवासी/जनजाति २, मधेसी २ र दलित १ जनाका लागि दरखास्त आव्हान गरेको हो।

विज्ञापन प्रकाशन भएको दिन आजदेखि ३० दिनभित्र दरखास्त दिन सकिने आयोगले जनाएको छ। १६–२० भाद्रमा परीक्षा हुने सूचनामा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर