बढ्यो आज सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुन तथा चाँदीको मूल्य बढेको छ।

बिहीबार प्रतितोला १ हजार रुपैयाँ घटेको सुनको भाउ शुक्रबार प्रतितोला ८ सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ७ सात रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार पनि चाँदीको मूल्य पनि बढेको छ। बिहीबार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा किनबेच भएको थियो।

त्यसैगरी चाँदी शुत्र,बार प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय