विश्व टेस्ट च्याम्पियनशिपको पहिलो पारीमा अस्ट्रेलियाले ४ सय ६९ रन बनायो

काठमाण्डाै – आईसीसी विश्व टेस्ट च्याम्पियनशिप २०२३ को फाइनलको पहिलो पारीमा अस्ट्रेलियाले ४ सय ६९ रन बनाएको छ ।

इङ्ग्ल्यान्डको द ओभलमा अस्ट्रेलिया बिहीवार दाेस्राे दिनकाे खाना समयपछि ४ सय ६९ रन बनाउँदा अलआउट भयो । अस्ट्रेलियाका ट्रेभिस हेडले १ सय ६३ र स्टेभिन स्मिथले १ सय २१ रन बनाए । भारतका मोहम्मद सिराजले ४ र शार्दुल ठाकुरले २ विकेट लिए ।

भारतले पछिल्लो १० वर्षदेखि आईसीसीका कुनै पनि प्रतियोगिताको उपाधि जितेको छैन । भारतले २०१३ मा इङ्ल्यान्डलाई हराएर आईसीसी च्याम्पियन्स ट्रफी जितेयता आईसीसीका प्रतियोगिताको उपाधि जितेको छैन ।

भारत पहिलो संस्करणको टेस्ट च्याम्पियनशिपको उपविजेता हो । २०२१ मा भएको फाइनलमा भारत न्युजिल्यान्डसँग पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय