राष्ट्रपतिसँग बेलायती राजदूतको बिदाइ भेट

काठमडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत निकोला पोलिटले आज शुक्रबार शिष्टाचार भेट गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा नेपाल र संयुक्त अधिराज्य बेलायतबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए। सो अवसरमा राष्ट्रपतिले राजदूत पोलिटलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर