हेटौँडा। मकवानपुरको हेटौँडामा वृद्ध दम्पती मृत फेला परेका छन्। हेटौँडा उपमहानगरपालिका–१ चाइना गेटका ७८ वर्षीय कृष्णप्रसाद दाहाल र उहाँकी श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहाल झुण्डिएको अवस्थामा फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार दुवैजना गएराति तीन तले पक्की घरको पूजा कोठामा पासो लगाइ झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। मृतक दम्पती कान्छो छोरा र बुहारीसँगै बस्दै आएका थिए। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।रासस

