नकारात्मक प्रतिक्रियापछि सांसद् सोबिता गौतमले छाडिन् ट्विटर

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले सामाजिक प्लेटफर्म ट्विटर छाडेकी छन्। हालै बिबाह गरेकी सांसद गौतमले आफनो व्यक्तिगत जीवनमा नकारात्मक प्रतिक्रिया आएपछि ट्विटर डिलिट गरेको बताएकी हुन्।

उनले पछिल्लो समय त्यो (नकारात्मक) न्युजहरु आईसके पछाडी मैले ट्विटर डिलिटै गरिदिएँ, फालिदिए, उनले भनिन्, ‘एकदमै टक्सिट हुन्छ क्या कहिले कहिले।’

सांसद गौतमले एउटा पोडकास्ट अन्र्तवार्तामा भावुक हुदैँ भनेकी छिन्, ‘ट्विटर धेरै सकरात्मक कुरा भए पनि टविटर कहिले काँही टक्सिट नै हुन्छ, अट्याक सवालमा धेरै बौद्धिक दरिद्रता छ त्यहाँ, फेक प्रोफाइल बनाएर प्रहार गर्नुपर्यो भने बौद्धिक मान्छेहरुले ट्विटर प्रयोग गर्छन्।’

विवाह गरेर जापान गए पछि आफनो व्यक्तिगत जीवनमा धेरै लाञ्छना लगाएपछि आफू दुःखित भएको सांसद गौतमको भनाई छ। आफूसँग एक पटक पनि नसोधी आफनो व्यक्तिगत जीवनमा नकारात्मक कुराहरु फैलाउने मिडियालाई नोटिस गरेको पनि उनले बताइन्।

‘म जापान हुदाँ मेरो बुबाले भन्नु भयो कि तेरो यति धेरै कुरा आएको छ तेरो आमा मरी भने मलाई थाहा छैन के हुन्छ ?’ उनले भावुक हुँदै भनिन्, ‘यो देशमा कानुन छ, गर्नुपर्छ द्याट्स इट।’

प्रतिक्रिया

सम्बन्धित खवर