हङकङमा हुने खेलका लागि नेपाली महिला क्रिकेट टिमको बिदाइ

काठमाडौं। एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपका लागि नेपालको टोलीलाई बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार प्रतियोगितामा सहभागी हुने नेपाली टोलीको बिदाइ गरेको हो।

हङकङमा आयोजना हुने प्रतियोगिताका लागि क्यानले शुक्रबार रुबिना क्षेत्रीको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको थियो। प्रतियोगिता १२ जुन देखि २१ जुन सम्म हङकङमा हुँदैछ। प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ।

नेपाल रहेको समूहमा हङकङ, भारत र पाकिस्तानका रहेका छन्। भारत र पाकिस्तानको भने प्रतियोगितामा ‘ए’ टोली पठाउने छन्। नेपालले पहिलो खेल १३ जुनमा पाकिस्तानसँग खेल्नेछ। दोस्रो खेल नेपालले १५ जुनमा भारतसँग खेल्नेछ भने नेपालले १७ जुनमा घरेलु टोली हङकङसँग खेल्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय