जसपाको बैठक जारी

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक पार्टी कार्यालय बालकुमारीमा जारी छ। बैठकमा विधान अधिवेशनमाथि छलफल हुने बताइएको छ।

विधान अधिवेशनको तयारीसँगै बैठकमा विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ। जसपाले आगामी असार १०, ११ र १२ गते काठमाडौंमा प्रथम विधान अधिवेशन आह्वान गरेको छ।

यसअघिको केन्द्रीय समिति बैठकले विधान अधिवेशनमा पार्टी सम्बद्ध देशैभरिबाट सहभागी हुने सात सय ७८ जना प्रतिनिधिको चयन गरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर