स्वास्थ्य उपचारका लागि महन्थ ठाकुर दिल्ली प्रस्थान

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर दिल्ली प्रस्थान गरेका छन् । अध्यक्ष ठाकुर दिउँसो साढे १ बजे भारत प्रस्थान गरेका हुन् ।

उनी स्वास्थ्य उपचारका लागि भारत गएको लोसपाका कार्यालय सचिव प्रदीप पाठकले बताए । अध्यक्ष ठाकुर आफ्नो मुटुमा लगाइएको पेसमेकर र एन्जिओग्राफीको फलोअपका लागि दिल्ली गएको उनले बताए ।

स्वास्थ्य उपचारपछि ठाकुरले केही भारतीय नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको स्रोतले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर