काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार(आज) सेयर बजारमा ४०.४८ अंकको वृद्धि भएको छ । २.०९ प्रतिशतले बढेको बजार १९८०.०९ विन्दुमा उक्लिएको छ ।
आज सबै उपसूचकहरू हरियाली देखिए । सबैभन्दा धेरै लगानी उपसूचक (५.११ प्रतिशत) मा वृद्धि भयो । आज २७५ धितोपत्रको ६१ हजार ४५० कारोबारबाट ९५ लाख २८ हजार २५५ कित्ता सेयर किनबेच भएको छ । आज ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५६३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज २१२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ६ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज भूगोल इनर्जी विकास कम्पनी र सिटी होटेलको मूल्य सकारात्मक सर्किट लेबलमा बढ्यो । सिटी होटेल आजदेखि कारोबारमा आएको हो । गुहेश्वरी मर्चेण्ट, रियलाइन्स फाइनान्स, नागरिक लगानी कोषसहितका धितोपत्रको मूल्य धेरैले बढेको छ ।
आज ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड, मेघा म्यूचअल फण्ड, मनकामना स्मार्ट लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ । नागरिक लगानी कोष, शिवं सिमेन्टसहितका धितोपत्रको बढी कारोबार भएको छ ।

