सर्लाहीमा दाइजोका कारण दुई महिलाको हत्या

काठमाडौं । सर्लाहीमा दाइजोका कारण दुई महिलाको हत्या भएको छ ।

सर्लाही हरिपुर नगरपालिका–३ को फरहदवा र वडा– ६ स्थित लक्ष्मीपुरका दुई महिलाको दाइजोका कारण हत्या भएको हो ।

फरहदवाका अब्दुल साह फकिरले २३ वर्षीया श्रीमती ईदा खातुनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । अब्दुलले श्रीमतीलाई माइतीबाट एक लाख रुपैयाँ नल्याएको भन्दै मानसिक तथा शारीरिक यातना दिने गरेको ईदाका बुबा मन्सुर साह फकिरले बताएका छन् । ईदाको शरीरभरि माटो लागेको र मुखमा कपडा कोचिएको तथा कुटपिटपछि मृत्यु भएकी ईदालाई झुण्ड्याइएको उनका परिवारको आरोप छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

यस्तै, लक्ष्मीपुरमा जल्दै गरेको अवस्थामा एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय ४५ वर्षीया इन्द्रकलादेवी साहलाई श्रीमान राजाराम साहले कुटपिट गरी घाइते बनाएपछि मृत्यु भएको प्रहरीले जनाएको छ । दाइजोको विषयमा विवाद हुँदा श्रीमानले कुटपिट गरेर घाइते भएकी इन्द्रकलालाई उपचार नगरी घरमै राखिएको र उनको केही समयपछि मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर