काठमाडौं। प्रतिनिधि सभाको बैठक जारी छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिंदैछन्।
अर्थमन्त्री महतले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेका थिए। प्रतिपक्षी दल नेकपा एमालेले बजेटले अहिलेको आर्थिक समस्या समाधान नगर्ने भन्दै समर्थन गर्न नसक्ने जनाएको छ।

