काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई अस्पताल लगिएको छ। दाहाललाई नियमित चेकजाँचका लागि सोमवार अपराह्न नर्भिक अस्पताल लगिएको हो।
प्रधानमन्त्रीको सचिवालयले नियमित चेकजाँचका लागि लगिएको जनाएको छ। यसअघि सीतालाई मेडिसिटी अस्पताल र सुमेर अस्पतालमा लगिने गरेको थियो।
नर्भिक अस्पताल स्रोतका अनुसार सीताको स्वास्थ्य अवस्था अहिले परीक्षणमा रहेको छ। सीता दाहालको स्वास्थ्य अवस्था जटिल रहेको छ। सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छन्।
यो रोग निकै कम मानिसमा देखिने गर्दछ। यसले मानिसको सन्तुलन, हिँडडुल गर्न, बोल्न कठिनाइ हुने गर्छ।

