देउवा आज सिंगापुर जाँदै

काठमकाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज मंगलबार सिंगापुर जाँदै हुनुहुन्छ ।

नियमित स्वास्थ्य परीक्षणका लागि देउवा सिंगापुर जान लाग्नु भएको हो । देउवा मंगलबार राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् सिंगापुर जानु हुनेछ ।

देउवा पेटसम्बन्धी समस्याको सिंगापुरमा उपचार गर्दै आइरहनु भएको र त्यसैको फलोअपका लागि त्यहाँ जान लाग्नु भएको उहाँको सचिवालयले जनाएको छ ।

करिब एक सातापछि स्वदेश फर्कने गरि देउवा र पत्नी आरजु राणा देउवा सिंगापुर जान लागेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर