काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। मुटुमा समस्या भएपछि पौडेल गंगालाल हृदय रोग केन्द्रमा भर्ना भएका हुन्।
मंगलबार बिहान ११ बजे उनलाई महाराजगन्जस्थित गंगालाल अस्पतालमा लगिएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ। राष्ट्रपति कार्यालय र गंगालाल अस्पतालले औपचारिक जानकारी दिएका छैनन्।
यसअघि वैशाख ६ गते राष्ट्रपति पौडेल पेटमा समस्या देखिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि वैशाख ६ गते भारत लगिएको थियो।
उनको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा उपचार भएको थियो। करिब दुई हप्ता लामो उपचार पछि राष्ट्रपति पौडेल वैशाख १८ गते स्वदेश फर्केका थिए।

