काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोलामा ९०० रुपैयाँले घटेर १ लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको हो। मंगलबार छापावाल सुन १ लाख १२ हजार ७०० रुपैयाँ कायम भएको थियो।
साथै बुधबार तेजाबी सुन १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ। त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १ हजार ४२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। मंगलबार चाँदीको भाउ ।तोलामा १ हजार ४५० रुपैयाँ कायम भएको थियो।