काठमाडौं । ओपनर कुशल भुर्तेलको उत्कृष्ट शतकको सहयोगमा नेपालले आइसीसी विश्वकप एकदिवसीय छनोटको आफ्नो अन्तिम वार्मअप खेलमा ओमानलाई हराएको छ ।
जिम्बावेको हरारेमा बिहीबार भएको खेलमा ओमान २ विकेटले पराजित भएको हो । विश्वकप छनोट आगामी आईतबारबाट सुरु हुनेछ । विश्वकप छनोटको पहिलो खेलमा नेपालले आईतबार घरेलु टोली जिम्बावेसँग खेल्नेछ । ओमानले भने पहिलो खेल सोमबार आयरल्यान्डविरुद्ध खेल्नेछ ।