आजदेखि नयाँ बसपार्कबाट मात्रै सवारी साधान

काठमाडौं। काठमाडौं महानगरपालिकाबाट बाहिर जाने सवारी साधन नयाँ बसपार्कबाट मात्रै छुट्ने भएका छन्। काठमाडौं महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दूरीमा सञ्चालन हुने यात्रुबाहक सवारी साधन नयाँ बसपार्क गोंङगबुबाट मात्रै छुट्नु पर्ने ब्यवस्था कार्यान्वयन गर्ने निर्णय भएको भन्दै महानगरपालिकाले निर्देशन दिएअनुसार आजबाट लागू हुन लागेको हो।

यत्रतत्र छरिएर रहेका टिकट बुकिङ काउन्टरहरुलाई निश्चित स्थानमा केन्द्रीत गरी व्यवस्थित गर्नका लागि महानगरपालिकाले कार्यदल पनि बनाएको छ। जगतमान श्रेष्ठको संयोजकत्वमा बनेको १४ सदस्यीय कार्यदलले यात्रुहरु चढाउने र ओराल्ने स्थानको ठेगान पनि सोही कार्यदलले तय गर्ने जनाइएको छ।

महानगरद्वारा जारी सूचना अनुसार सो निर्देशन अनुसार बसपार्कबाट मात्रै सवारी नछुटाएमा कारबाहीसमेत गर्ने जनाएको छ। ‘सुचनाको बर्खिलाप गर्ने जो कोहीलाई असार १ गते देखी ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीबाट नियमानुसार कानुनी कारबाही हुने ब्यहोरा जानकारीका लागि अनुरोध छ।’

प्रतिक्रिया

सम्बन्धित खवर