यूईएफए नेसन्स लिग : इटालीलाई हराउँदै स्पेन फाइनलमा प्रवेश

काठमाडौं । स्पेन यूईएफए नेसन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको सेमिफाइनलमा इटालीलाई २-१ गोल अन्तरले हराउँदै स्पेन उपाधि नजिक पुगेको हो ।

अब स्पेनले उपाधिका लागि क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल आइतबार हुनेछ । खेलको तेस्रो मिनेटमा एरेमी पिनोले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ११ औं मिनेटमा सिरो इमोबाइलले गोल गर्दै इटालीलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ८८ औं मिनेटमा जोसेलुले गोल गर्दै स्पेनलाई २-१ को जित दिलाए ।

प्रतिक्रिया

सम्बन्धित खवर