चीनमा ४ महिना लामो स्वास्थ्य उपचारपछि वर्षमान पुन स्वदेश फर्किए

काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वदेश फर्किएका छन्। चीनमा ४ महिना लामो स्वास्थ्य उपचारपछि उनी स्वास्थ्यमा पूर्ण सुधार भएपछि आज बिहान नेपाल फर्किएका हुन्। स्वदेश फकिएपछि शुक्रबार अन्तर्राष्ट्रिय विमानस्थलमा उनले आफू सबैको माया र सद्भावले स्वास्थ्य लाभ गरी फर्कन पाएकामा खुसी व्यक्त गरेका छन्।

पुनले आफू अब निरन्तर राजनीतिमा सक्रिय रहने पनि बताए। उनले राजनीतिक नेतृत्व र पार्टीहरूमाथि समाज आलोचनात्मक बन्दै गएको र प्रश्नहरू उठेको बताए। दल र नेताहरूले आलोचनालाई नकारात्मक रूपमा लिन नहुने उनको भनाई छ। आफूमाथिका प्रश्नहरूको राजनीतिक दल र नेताहरूले व्यवहारबाटै जवाफ दिन सक्नुपर्ने उनको तर्क छ।

‘नेपाली समाज आलोचक बन्दै गएको छ। राजनीतिमाथि, नेताहरूमाथि र राजनीतिक दलहरूमाथि प्रश्न उठेको छ। प्रश्न उठ्नु नराम्रो होइन,’ पुनले भने, ‘तर, प्रश्नहरूको सकारात्मक जवाफ दिनु राजनीतिक दल र नेताहरूको कर्तव्य हो। राजनीतिक व्यवस्थाको कर्तव्य हो। व्यवहारबाटै त्यसको जवाफ दिइनुपर्छ, राजनीतिक व्यवस्था,दल र नेताहरूको औचित्यता साबित गर्न सक्नुपर्छ यो हाम्रो दायित्व हो।’

प्रतिक्रिया

सम्बन्धित खवर