काठमाडौं । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त हुनुभएका छ। राष्ट्रपति रामचन्द्र पौडेलले संसदीय सुनवाइ सम्पन्न भई संवैधानिक परिषद्को सिफारिस अनुमोदन भएको पत्र पुगेपछि उहाँलाई प्रधानन्यायाधीश नियुक्त गर्नुभएको हो।
राष्ट्रपति कार्यालयले आज साँझ सवा ५ बजे कार्कीको शपथ राखेको छ ।

