३३ अर्ब ३७ करोड ९७ लाख आकारमा ल्यायो कर्णाली प्रदेशले बजेट

काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि कुल ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।

आज शुक्रबार आन्तरिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले आगामी वर्षको लागि सो बजेट सार्वजनिक गरेका हुन्।

जसमा चालु खर्चमा ९ अर्ब २० लाख (२६.९७ प्रतिशत), पुँजीगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार ९५८.६५ प्रतिशत० र स्थानीय तहमा वित्तीय हस्तान्तरणमा ४ अर्ब ८० करोड विनियोजन गरिएको छ।

बजेटको स्रोततर्फ आन्तरिक राजस्वबाट ८३ करोड ६२ लाख १२ हजार र संघीय सरकारको राजस्व बाँडफाँडबाट ८ अर्ब ८३ करोड र संघीय अनुदानबाट ७६ करोड १६ लाख आयको अनुमान उनले प्रस्तुत गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर