काठमाडौं । लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ४७ करोड रुपैयाँको बजेट ल्याएको छ। आगामी वर्षको बजेट सार्वजनिक गदै लुम्बिनीका प्रदेशका आर्थिक मामिला मन्त्री धन बहादुर मास्कीले चालु तर्फ १३ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरेको हो।
कुल बजेटको ३३.६८ प्रतिशत नियमित खर्च हुने भएको छ। पूँजीगत तर्फ २३ अर्ब २५ करोड रुपैयाँ अर्थात ५७.४५ प्रतिशत रहेको छ। वित्तिय हस्तान्तरणकालागि ३ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरिएको छ।
स्रोत मध्ये आन्तरिक तर्फ ६ अर्ब ७३ करोड, राजश्व बाटफाटबाट ११ अर्ब ३१ करोड रुपैयाँ, रोयल्टीबाट २९ करोड, स्थानिय तहबाट बाडफाड भई प्राप्त हुने राजश्व २ अर्ब ५० करोड रुपैयाँ स्रोत हुने छ।

