एसीसी महिला इमर्जिङ टिम्स कपको समूह चरणबाटै नेपाल बाहिरियो

काठमाडौं। नेपाल एसीसी महिला इमर्जिङ टिम्स कपको समूह चरणबाटै बाहिरिएको छ। हङकङको मोङककस्थित मिसन रोड मैदानमा शनिबार नेपाल र घरेलु टिमबीचको खेल हुने तालिका थियो। तर, वर्षाका कारण मैदान खेल्न योग्न नभएपछि टससमेत नभई खेल रद्द भएको हो।

खेल रद्द हुँदा प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपाल तेस्रो स्थानमा रहँदै बाहिरियो। यसअघि नेपाल र भारतबीचको खेल पनि वर्षाका कारण सम्भव नभएपछि रद्द भएको थियो। प्रतियोगिताको पहिलो खेलमा भने नेपाल पाकिस्तानसँग नौ रनले पराजित भएको थियो।

समूह ‘ए’ बाट भारत र पाकिस्तान सेमिफाइनलमा प्रवेश गरे। तीन खेलबाट समान चार अंक जोडे पनि भारत समूह विजेता र पाकिस्तान उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका हुन्।

थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले यो प्रतियोगितामा खेल्ने अवसर पाएको हो। एसीसी महिला इमर्जिङ टिम्स एसिया कपमा नेपाली टोलीको यो पहिलो सहभागिता हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय