पर्यटन क्षेत्रका माध्यमबाट देश समृद्ध बनाउनुपर्छ : पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन क्षेत्रका माध्यमबाट देश समृद्ध बनाउनुपर्ने बताएका छन्। ललितपुरमा आयोजित एक कार्यक्रममा उनले देशको महत्त्वपूर्ण क्षेत्र पर्यटन क्षेत्र भएकाले जहाजको खरिद गर्नुपर्ने आवश्यकता भएको बताए।

‘नयाँ जहाज किन्ने तयारी भइरहेको छ। घाटा खाएर पनि नागरिकलाई सेवा दिन्छौं,’ मन्त्री किरातीले भने। जहाज उडानका लागि विभिन्न नयाँ रुटका विषयमा कुराकानी भइरहेको उनले बताए। ‘कनेक्सन फ्लाइटबाट विदेशबाट आउनेलाई सिधै गन्तव्यमा जाने व्यवस्था गर्न लागेका छौं,’ मन्त्री किरातीले भने।

सञ्चारकर्मीले असत्य कुरा मात्र प्रचारप्रसारमा बढी ध्यान दिएको उल्लेख गर्दै उनले त्यसतर्फ सचेत हुन सबैमा आग्रह गरे। आफूले गरेको कामका बारेमा गलत प्रचार भइरहेको उनले गुनासो गरे। पत्रकारिता क्षेत्रलाई थप मजबुत बनाउन आफ्नो क्षेत्रबाट तदारुकताका साथ लाग्ने मन्त्री किरातीले प्रतिबद्धता व्यक्त गरे। पत्रकारिता क्षेत्रमा विभिन्न समस्या देखिएकाले त्यसलाई सुधार गर्न आवश्यक भएको उनको भनाइ थियो।

प्रतिक्रिया

सम्बन्धित खवर