राजनीतिलाई सङ्लो बनाउने अभियानमा छौँ : गोकर्ण विष्ट

लेखनाथ। नेकपा (एमाले) का सचिव एवम् गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले राजनीतिलाई सङ्लो बनाउने अभियानमा एमाले रहेको बताएका छन्।

प्रेस चौतारी गण्डकीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीभित्र केही नेताले गल्ती गर्दैमा सबै नेतालाई मुछ्न नमिल्ने बताए। नेता विष्टले भने, ‘पार्टी अनुशासन विपरीत कोही आपराधिक क्रियाकलापमा लाग्छ भने त्यस्ता नेतालाई पार्टीले संरक्षण नगरी तुरुन्त निलम्बन गर्छ।’

नक्कली भुटानी शरणार्थी प्रकरणका सन्दर्भमा निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न उनले सरकारलाई सुझाव दिए। नेकपा एमालेको हालै सम्पन्न केन्द्रीय कमिटी र जिल्ला अध्यक्षको बैठकले नागरिकप्रति जिम्मेवार हुँदै नागरिकका मुद्दा सूक्ष्म रुपमा उठाएर हरेक क्षेत्रमा हुने भ्रष्टाचारको भण्डाफोर गर्ने नीति तय गरेको नेता विष्टको भनाइ थियो।

प्रतिक्रिया

सम्बन्धित खवर