स्पेनले जित्यो यूएफा नेशन्स लिग फुटबलको उपाधि

काठमाडौं । यस वर्षको यूईएफा नेशन्स लिग फुटबल प्रतियोगिताको उपाधि स्पेनले जितेको छ ।

नेदरल्याण्ड्सको रोटरड्याममा आइतबार राति भएको फाइनल खेलमा क्रोएसियालाई पेनाल्टी सुट आउटमा हराउँदै स्पेनले उपाधि जितेको हो ।

निर्धारित समय र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा स्पेन ५–४ ले विजयी भयो । क्रोएसियाका ब्रुनो पेट्कोभिचको प्रहार स्पेनका गोलरक्षक युनाइ सिमोनले रोकेपछि निर्णायक पेनाल्टीलाई डानी कार्भायलले गोलमा बदल्दै टोलीलाई च्यापियन बनाए ।

यो हारसँगै क्रोएसियाको भने इतिहासमै पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने अवसर खेर गएको छ । नेशन्स लिग फुटबलकै अर्को खेलमा नेदरल्याण्ड्सलाई ३–२ ले हराउँदै इटाली तेस्रो भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय