समाजवादी मोर्चा नेपाली राजनीतिको नयाँ मोड : विप्लव

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वैज्ञानिक समाजवादीको लक्ष्यमा पुग्न समाजवादी मोर्चाले भूमिका खेल्ने बताएका छन्। काठमाडौंको राष्ट्रिय सभागृहमा सोमबार आयोजित समाजवादी मोर्चा घोषणासभामा उनले प्रतिगामी र पश्चगामीहरूलाई रोक्नका लागि चार दलले समाजवादी मोर्चाको घोषणा गरेको बताए।

महासचिव विप्लवले नेपाल अत्यासलाग्दो राजनीतिक परिस्थितिबाट गुज्रिरहेको र चार दलबीचको लामो छलफलपछि नेपाली जनताकै चाहनाबमोजिम एउटै मोर्चामा उभिने निष्कर्षमा पुगेको बताए। उनले सरकारमा रहेको पार्टी र सडकमा जनताका लागि संघर्ष गरिरहेको पार्टी एउटै मोर्चामा एकताबद्ध हुनु नेपाली राजनीतिको दुर्लभ परिघटना रहेको दाबी गरे। उनले नेपालको राजनीतिक इतिहासमा यो नयाँ मोड र नयाँ राजनीतिक सुरुआत भएको दाबी गरे।

प्रतिक्रिया

सम्बन्धित खवर